काठमाडौ, मंसिर १४ :

नेपाली कम्युनिस्ट पार्टी नेकपाले आज गण्डकी प्रदेशलाई लक्ष्यित गरेर कास्कीको पोखरामा एकता सन्देश सभा गर्दैछ ।

सभामा पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह संयोजक माधव कुमार नेपाल लगायतका नेताले सभामा सम्बोधन गर्ने कार्यक्रम छ ।

यसैगरी भोलि सोमबार कोशीको विराटनगरमा, मङ्सिर १८ गते, कर्णालीको सुर्खेतमा, २० गते मधेशको जनकपुरमा र २३ गते बागमतीको हेटौँडामा सभा गर्ने तयारी गरेको छ ।

मङ्सिर २९ गते देशभरका पालिकामा एकता सन्देश सभाको तयारी नेकपाले गरेको छ ।

यसअघि नेकपाले शनिबार लुम्बिनी प्रदेशको दाङ देउखुरीमा र शुक्रबार सुदूरपश्चिमको धनगढीमा एकता सन्देश सभा गरिसकेको छ ।