शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की #पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की
समाचार

साँगा–धुलिखेल सडक : अवरुद्ध स्तरोन्नति अघि बढाउने सहमति

सम्झौताअनुसार बाँकी दुई हप्ताको म्याद रहँदा ४० प्रतिशत विस्तार अधुरो छ ।
· आइतबार, १४ मंसिर, २०८२ मा प्रकाशित
साँगा–धुलिखेल सडक : अवरुद्ध स्तरोन्नति अघि बढाउने सहमति
काभ्रेपलाञ्चोक, मंसिर १४ :

अरनिको राजमार्गको सूर्यविनायक–धुलिखेल सडकखण्ड स्तरोन्नतिअन्तर्गत साँगा–धुलिखेल सडक विस्तारमा बनेपाको पुल बजार क्षेत्रमा रोकिएको काम सञ्चालन हुने भएको छ ।

करिब डेढ वर्षदेखि अवरुद्ध काम अब सञ्चालन हुने भएको हो । आइतबार नगरपालिकामा पीडित पक्ष, सडक निर्माण कम्पनी र नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतलगायतबीच काम सञ्चालन गर्ने सहमति भएको छ । अब कामले निरन्तरता पाउने बनेपा नगर प्रमुख शान्तिरत्न शाक्यले बताए ।

उनले सूर्यविनायक–धुलिखेल सडक आयोजनाअन्तर्गत साँगा–धुलिखेल सडकखण्डको ‘डिजिटल’ नापी नक्सा लागू भइसकेकाले सोही नक्सालाई आधार मानी सडक सीमाक्षेत्र कायम गर्ने तथा रेखाङ्कन गरी अवरुद्ध निर्माण खुलाउने निर्णय गरिएको जानकारी दिए ।

बैठकमा सडक सीमाभित्र ‘डिजाइन स्ट्यान्डर्ड’ नघट्ने गरी  निर्माण अघि बढाउने निर्णय भएको जनाइएको छ । कार्यक्रममा सूर्यविनायक धुलिखेल सडक आयोजनाका प्रमुख विजयकुमार महतो, बनेपा नगरप्रमुख शाक्य, उपप्रमुख विमला सापकोटालगायत विभिन्न वडाका वडाध्यक्ष, सरोकारवाला स्थानीय, काभ्रे उद्योग वाणिज्य सङ्घका प्रतिनिधि, जिल्लास्थित नापी कार्यालयका प्रतिनिधि, निर्माण कम्पनीका प्रतिनिधिको उपस्थिति थियो । स्थानीयले नगरमा अरनिको राजमार्गले ओगटेको सबै स्थानमा एकरुपता कायम गरी काम अघि बढाउनुपर्ने र ढलको व्यवस्थापन गर्नुपर्ने विषयमा नगर र आयोजनासँग माग गरेका थिए ।

यसैबीच अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल सडकखण्ड स्तरोन्नतिअन्तर्गत पहिलो खण्ड साँगा–धुलिखेल सडक विस्तारको समय सीमा तीन हप्ता बाँकी छ । सम्झौताअनुसार बाँकी दुई हप्ताको म्याद रहँदा ४० प्रतिशत विस्तार अधुरो छ । तीन वर्षमा सम्पन्न गर्ने गरी भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेल सम्म पहिलो खण्ड साँगा–धुलिखेल आठ किलोमिटर सडक विस्तार विसं २०७९ मङ्सिर २७ गते सम्झौता भएको थियो ।

उक्त सडकखण्ड विस्तारका लागि लामा कन्स्ट्रक्सन प्रालिले रु चार अर्ब पाँच करोड ६४ लाखमा ठेक्का लिएको थियो । करिब तीन वर्षको अवधिमा ६० प्रतिशत मात्रै काम भएको सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले जनाएको छ । हालसम्म धुलिखेल क्षेत्रमा करिब एक किलोमिटर सडक कालोपत्र भएको छभने पुलबजार–जनागाल क्षेत्रमा कालेपत्र भइरहेको छ ।

आयोजनाले सूर्यविनायकदेखि धुलिखेलसम्मको दुई खण्डमा करिब ५० प्रतिशत काम भएको जनाएको छ । साँगा–धुलिखेल पहिलो खण्डमा ६० प्रतिशत र सूर्यविनायक–साँगा खण्डमा भने ४२ प्रतिशत काम सकिएको आयोजना प्रमुख विजयकुमार महतोले जानकारी दिए । उनका अनुसार सूर्यविनायक–साँगा खण्डमा केही स्थानका छ घर भत्काउन बाँकी रहेकाले भत्काउने प्रक्रियामा रहेको छ ।

सूर्यविनायक–धुलिखेल सडक विस्तार कार्यअन्तर्गत दोस्रो खण्ड सूर्यविनायक–साँगा सात दशमलव पाँच किलोमिटर विस्तारका लागि रु तीन अर्ब ८८ करोड ९३ लाखमा ठेक्का लगाइएको थियो। उक्त खण्डको ठेक्का अवधि पनि आउँदो पुस १८ गते म्याद सकिँदैछ छ ।

“दुवै खण्डमा विस्तार गर्न म्याद थपेर आउँदो असार मसान्तसम्ममा सम्पन्न गर्नेबारे निर्माण व्यवसायीसँग छलफल भइरहेको छ”, महतोले बताए । 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार