
CAN
काठमाडौँ, असोज ९ :
विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको अन्तिम खेलमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।
क्यानडाको किंग्स सिटी क्रिकेट मैदानमा हुने खेल नेपाली समयाअनुसार आज बेलुका ८ः४५ बजे शुरु हुनेछ ।
क्यानडामा जारी प्रतियोगितामा नेपालले लगातार तीन खेलमा पराजय व्यहोरेको छ ।
लिग-२ को अंक तालिकामा नेपाल ७ खेलमा २ अंकका साथ तालिकामा पुछारबाट दोस्रो स्थानमा छ ।
ओमान ६ खेलमा ५ अंकका साथ छैटौं स्थानमा छ ।