
काठमाण्डौं, असोज ९ :
आईसीसी विश्वकप क्रिकेट-२ अन्तर्गत नेपाल र ओमान बीचको खेलका लागि बर्षाले अझै टस् हुन सकेको छैन ।
क्यानडाको किङ् सिटीमा पौने ९ बजेका लागि तय भएको खेलमा वर्षा बाधक बनेपछि टस् हुन नसकेको हो । क्यानडा भ्रमणमा रहेको राष्ट्रिय क्रिकेट टिमले आज चौथो खेल खेल्न लागेको हो ।
विश्वकप क्रिकेटमा खराब सुरुआत गरेको नेपाल घरेलु टोली क्यानडासँग दुई र ओमानसँग एक खेल पराजित भएको थियो ।
त्रिकोणात्मक एक दिवसीय सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग एक सय ३ रनको फराकिलो अन्तरले पराजित भएको थियो ।
यस्तै नेपालले दोस्रो खेलमा ओमानसँग एक विकेटले हार बेहोरेको थियो भने तेस्रो खेलमा पनि क्यानडासँग पाँच विकेटले पराजित भएको थियो ।