काठमाडौं, मंसिर १७ :

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र पूर्व निर्देशक भण्डारीलाई पक्राउ गरेको छ ।

उनीहरुलाई पक्राउ गरेर विशेष अदालतमा उपस्थित गराएको बताईएको छ । भक्तपुरको नलिन्चोकमा हेलिप्याड निर्माणमा उनीहरुले अनियमितता गरेको अख्तियारको अनुसन्धान निष्कर्ष छ ।

दुवै जनालाई अहिले बबरमहलस्थित विशेष अदालतमा उपस्थित गराइएको हो । उनीहरु विरुद्ध आज अभियोग पत्र दायर गरिने अख्तियार स्रोतले जनाएको छ ।

गत कात्तिक ३ गते  अपरिचित व्यक्तिहरूले सातदोबाटोबाट आफ्नो घरतर्फ जाँदै गर्दा अधिकारीलाई आक्रमण गरेकव थियो । आक्रमणको आरोपमा काभ्रे घर भएका कोकिलबहादुर शाह, रामेछापको गेलु घर भएका ३१ वर्षीय सिर्जन अधिकारी र सर्लाही घर भएका ३५ वर्षीय हेम तामाङलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरेको थियो ।

यो मुद्दामा ७ जनालाई प्रतिवादी बनाइएको छ ।