
काठमाडौं, मंसिर १८ :
काठमाडौँको मदनभण्डारी कलेज नजिकै रहेको धोबीखोलामा आज बिहान एक युवकको शव फेला परेको छ ।
साइकलसहित ती युवक खोलामा डुबेको अवस्थामा मृत फेला परेका हुन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार अन्दाजी २५ वर्षीय ती युवकको पहिचान भने खुल्न सकेको छैन । ‘उनको साथमा रहेको कागजातबाट हामीले पहिचान खुलाउने प्रयास भईरहेको प्रहरीले जनाएको छ ।
उनले यस विषयमा प्रहरीले थप अनुसन्धान अघि बढाइसकेको जानकारी दिए ।