बिहीबार, ५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति प्रदेश मधेस प्रदेश

सात दलको बैठक निष्कर्षविहीन, कांग्रेस र लोसपा आ-आफ्नै अडानमा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १८ मंसिर, २०८२ मा प्रकाशित
सात दलको बैठक निष्कर्षविहीन, कांग्रेस र लोसपा आ-आफ्नै अडानमा
जनकपुर, मंसिर १८ :

मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि बसेको सात दलबीचको बैठक निष्कर्षविहीन बनेको छ। कांग्रेस र लोसपाले आ–आफ्नो दाबी नछोडेपछि बैठक बिनानिष्कर्ष टुंगिएको जसपा नेपालका प्रमुख सचेतक राम आशिष यादवले बताए।

उनका अनुसार कांग्रेसले प्रदेशमा सबै दलको नेतृत्वमा सरकार बनिसकेको र अब आफ्नो ‘पाला’ आएको भन्दै मुख्यमन्त्री आफ्नो पार्टीलाई दिनुपर्ने अडान राखेको छ। तर लोसपाले भने जितेन्द्र सोनल नेतृत्वको सरकार लामो समय टिक्न नपाएको र अपमानजनक रूपमा हट्नुपरेको कारण देखाउँदै फेरि एक पटक लोसपालाई नेतृत्वको अवसर दिनुपर्ने माग राखेको छ। दुवै दलका दाबी मजबुत भएपछि छलफल अघि बढ्न नसकेको यादवले बताए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार