मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
राजनीति भिडियो

कागेश्वरी मनोहरा–७ का वडाध्यक्ष भिमसेन थापाको निधन, नगरपालिकाद्वारा शुक्रबार शोक बिदा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १८ मंसिर, २०८२ मा प्रकाशित
कागेश्वरी मनोहरा–७ का वडाध्यक्ष भिमसेन थापाको निधन, नगरपालिकाद्वारा शुक्रबार शोक बिदा
काठमाडौं, मंसिर १८ :

कागेश्वरी मनोहरा नगरपालिका–७ का वडाध्यक्ष भिमसेन थापाको ४६ वर्षको उमेरमा निधन भएको छ। पन्ध्र महिनादेखि प्यान्क्रियाज क्यान्सरबाट पीडित थापाको शुक्रबार बिहान ललितपुरको हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा उपचारका क्रममा निधन भएको नगरपालिकाले जनाएको छ। 

वडाध्यक्ष थापाको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। अन्तिम श्रद्धाञ्जली कार्यक्रममा पूर्वउपप्रधानमन्त्री तथा कांग्रेस नेता प्रकाशमान सिंह, महामन्त्री गगन थापा र कागेश्वरी मनोहरा नगरपालिकाका नगरप्रमुख उपेन्द्र कार्कीले पार्टीको झण्डा ओढाइ श्रद्धाञ्जली अर्पण गरेका थिए। 

अन्तिम बिदाइका लागि आर्यघाटमा सयौँ शुभचिन्तक तथा आफन्तजनहरूको उपस्थिति थियो। थापा नेपाली कांग्रेस क्षेत्र नम्बर–२ का सचिवसमेत थिए।थापाका श्रीमती, एक छोरा र एक छोरी छन्।

यसैबीच, वडाध्यक्ष थापाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै कागेश्वरी मनोहरा नगरपालिकाले शुक्रबार शोक बिदा दिने निर्णय गरेको छ। प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीद्वारा जारी शोक विज्ञप्तिमा नगरपालिका कार्यालय, वडा कार्यालयहरू, अत्यावश्यक सेवाबाहेकका स्वास्थ्य संस्था, आयुर्वेद औषधालय तथा संस्थागत र सामुदायिक विद्यालयहरूमा बिदा रहने उल्लेख छ।

नगरपालिकाले मृतक थापाप्रति श्रद्धाञ्जली प्रकट गर्दै उनको आत्माको चिरशान्तिको कामना तथा शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार