शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे #प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे
समाचार खेलकुद क्रिकेट

सुदूरपश्चिम रोयल्सको लक्ष्य उपाधि जित्ने छः प्रशिक्षक टमाटा

· बिहीबार, १८ मंसिर, २०८२ मा प्रकाशित
सुदूरपश्चिम रोयल्सको लक्ष्य उपाधि जित्ने छः प्रशिक्षक टमाटा
काठमाडौं, मंसिर १८ :

अपराजित रहँदै छैटौँ जीतसहित सुदूरपश्चिम रोयल्सले राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा पहिलो क्वालिफायरमा प्रवेश गरेको छ ।

आज भएको खेलमा चितवन राइनोजलाई ४९ रनले हराउँदै सुदूरपश्चिमले १२ अङ्क जोड्दै एक खेल अगावै क्वालिफायरमा स्थान सुरक्षित गरेको हो ।

साविक उपविजेता सुदूरपश्चिमको लक्ष्य उपाधि जित्ने रहेको उक्त टोलीका प्रशिक्षक जगत टमटाले बताए । उनले भने, “हामो लक्ष्य  च्याम्पियन बन्ने हो, यसपाली जसरी पनि उपाधि रक्षा गछौँ ।”

आजको जीतमा कप्तान दीपेन्द्रसिंह ऐेरी र ट्यालेन्ट हन्टबाट छानिएर  आएका आजको खेलमै डेब्यू गरेका हिक्मत महराको महत्वपूर्ण योगदान रहेको प्रशिक्षक टमटाको भनाइ छ । दीपेन्द्र मल्टी ट्यालेन्टेड खेलाडी भएको र उनको सबै पक्ष राम्रो भएको उनले बताए ।

महरा नेपाली क्रिकेटमा भविष्य खोज्दै गरेका खेलाडी भएको र पहिलो खेलमै विकेट लिनु सुखद पक्ष भएको प्रशिक्षक टमाटाले बताए । “उल्लेख्य दर्शकका अगाडि त्यो उमेरको खेलाडीले डेब्यू खेलमा गरेको प्रदर्शन सम्झनलायक छ”, उनले भने । प्रशिक्षक टमाटाले सुदूरपश्चिमका समर्थकलाई पनि समर्थनका लागि धन्यवाद दिए ।

यस्तै सुदूरपश्चिमसँग पराजित भएपछि चितवन राइनोजका बलिङ प्रशिक्षक मनिष सखलकरले राम्रो गर्दा गर्दै पनि पनि पराजित हुनुपरेको बताए । उनले भने, “हाम्रा खेलाडीले राम्रो खेले तर हाम्रोभन्दा राम्रो सुदूरपश्चिमले खेलेकाले नतिजा हाम्रो पक्षमा आएन ।” बाँकी खेलमा जित निकालेर चितवनको प्लेअफमा पुग्ने सम्भावना बाँकी रहेको उनको भनाइ थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार