काठमाडौँ,साउन १७: नेकपा एमालेको सचिवालय बैठक आज बिहान ११ बजे बस्ने भएको छ । बैठकले नेताहरूको कार्यविभाजनबारे निर्णय गर्ने सो पार्टीले जनाएको छ ।

बैठकमा समसामयिक राजनीति तथा पार्टीको आन्तरिक रणनीतिबारे पनि छलफल हुने बताइएको छ ।

यसअघि एमालेले नेताहरूलाई फरक भूगोलको जिम्मेवारी दिइएको थियो ।