काठमाडौं, मंसिर २२ :

 श्रम संस्कृति पार्टीले सोमबार राजधानी काठमाडौंमा र्‍याली  गरेको छ। बागबजारस्थित हार्दिक होटलबाट सुरु भएको र्‍याली सिफल चौरतर्फ अघि बढेको छ ।

 त्यहाँ पुगेपछि सभामा परिणत हुने कार्यक्रम रहेको पार्टीले जनाएको छ। कार्यकर्ताहरूले विभिन्न नारासहित र्‍यालीमा सहभागिता जनाएको छन।

काठमाडौँ, भक्तपुर र ललितपुरमा संगठन विस्तारको उद्देश्यसहित आयोजना गरिएको उक्त र्‍यालीलाई पार्टी अध्यक्ष हर्क साम्पाङले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।