काठमाडौं, मंसिर २४ :

केही दिनदेखि जारी भन्सार एजेन्टको आन्दोलन रोकियो छ । भन्सार विभाग र भन्सार एजेन्ट महासंघबीच आज भएको वार्ता सकारात्मक रूपमा टुंगिएपछि आन्दोलन रोकिएको हो । यससँगै भन्सार जाँचपासको काम आजैदेखि सुरु भएको छ । आन्दोलनका कारण भन्सार जाँचपासको काम ठप्प भएको थियो ।

भन्सार ऐन २०८२ मा समावेश गरिएका कतिपय प्रावधानहरूले भन्सार एजेन्टहरूको पेशागत हकहित, काम गर्ने सहजता तथा अन्तर्राष्ट्रिय व्यापार सहजीकरणमा नकारात्मक असर परेको भन्दै भन्सार एजेन्ट महासंघ नेपालद्वारा मंसिर २३ गतेदेखि देशभरका भन्सार कार्यालयहरूमा पेन डाउन लगायतका विरोध कार्यक्रम गर्दै आएको थियो । यसैबीच, भन्सार विभागले पनि विज्ञप्ति जारी गर्दै भन्सार एजेन्ट र विभागबीचको वार्ता सकारात्मक रूपमा टुंगिएको जानकारी दिएको छ ।