
नेकपा एमालेको आग्रहलाई ध्यानमा राख्दै सरकारले नागढुंगा-मलेखु सडकखण्ड विस्तार कार्य २ दिन रोक्ने भएको छ ।
एमालेको ११ औं महाधिवेशनलाई लक्षित गर्दै सडकखण्ड विस्तार कार्य मंसिर २६ र २७ गते रोक्ने निर्णय भएको यातायातमन्त्री कुलमान घिसिङको सचिवालयले जनाएको छ ।
राष्ट्रिय युवा संघ नेपाल अध्यक्ष क्षीतिज थेबेसहित टोलीले मन्त्री घिसिङलाई भेटेर सडक विस्तार कार्य केही दिन रोक्न आग्रह गरेका थिए । एमाले नेता महेश बस्नेतले त कुलमानले महाधिवेशनलाई प्रभावित पार्न सडक बन्द गराए भनेर सामाजिक सञ्जालमार्फत आरोप नै लगाएका थिए ।
सडक विभागले उक्त सडक खण्ड आजबाट एक साताका लागि आंशिक बन्द गरी विस्तार विस्तार कार्यलाई तीव्रता दिएको छ । नागढुंगादेखि पिप्लामोडसम्म र पोखरे भिर क्षेत्रमा बिहान १०:३० देखि अपराह्न ३:३० सम्म सडक बन्द गरी बुधबारदेखि काम थालेको हो । यही मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौैंमा एमालेको महाधिवेशन हुँदैछ ।