सोमबार, २६ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन#रवि लामिछाने#उद्धार र राहत#विनोद चौधरी#उपसभापति#दसैँघर #कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन#रवि लामिछाने#उद्धार र राहत#विनोद चौधरी#उपसभापति#दसैँघर
राजनीति

रवि र छविको मुद्दा आज पनि हेर्न नमिल्नेमा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २५ मंसिर, २०८२ मा प्रकाशित
रवि र छविको मुद्दा आज पनि हेर्न नमिल्नेमा
काठमाडौं, मंसिर २५ :

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआइजी तथा तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको आजका लागि तोकिएको पेसी पनि हेर्न नमिल्नेमा परेको छ। यसअघि मंसिर ११ गते तोकिएको पेशी पनि लामिछानेका कानुन व्यवसायीको अनुरोधमा स्थगित भएको थियो।

आजको पेशी न्यायाधीश तेजनारायण पौडेल र सागर बिष्टको इजलासमा तोकिएको थियो। तर न्यायाधीश सागर बिष्ट र लामिछानेको पक्षबाट वकालतनामा दर्ता गराएका कानुन व्यवसायी शालिकराम पौडेल पूर्वसहकर्मी भएकाले मुद्दा हेर्न नमिल्नेमा परेको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए। 

लामिछाने र जोशीको आजको पेसी कात्तिक १३ गतेपछिको निरन्तर पाँचौं–छैटौं हो। 

 सहकारी ठगीसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले आफूले भुक्तानी गर्नुपर्ने बिगो रकम दाखिला गरिसके पनि जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते धरौटीमा रिहा गर्ने अनुरोध अस्वीकार गरेको थियो। बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराधसम्बन्धी अभियोगमा हाल दुवैजना थुनामा रहेका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार