काठमाडौं, मंसिर २६ :
प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दैछिन् । उनले चारजना मन्त्री थपेर चौथोपटक मन्त्रिपरिषद् विस्तार गर्न लागेकी हुन् ।
श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नामलाई मन्त्री बनाइँदैछ ।शीतलनिवास स्रोतका अनुसार श्रद्धालाई महिला तथा बालबालिका, चौलागाईं वन, भण्डारीलाई श्रम र इङ्नाम भूमि मन्त्रालयको जिम्मेवारी दिने तयारी छ । नयाँ मन्त्रीको शपथ आजै दिउँसो ३ बजे हुनेछ ।
चौथोपटक विस्तार भएपछि मन्त्रिपरिषद् १४ सदस्यीय हुने भएको छ ।मन्त्रिपरिषद् विस्तारको तयारीका बारेमा प्रधानमन्त्री कार्कीले बिहीबार शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेल जानकारी गराएकी थिइन् ।