काठमाडौं, मंसिर २६ :

नेपाली सेनामा ३ सय ८८ जनाका लागि  रोजगारी खुलेको छ । नेपाली सेनाले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै  रिक्त रहेका प्राविधिक/हवाई/विविध सेवा तर्फका पदिक तथा बिल्लादार पदहरू खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्नको लागि दरखास्त आह्वान गरेको छ ।

खुल्लातर्फ २ सय ५, महिला ३१, आदिवासी जनजाती ५३, मधेसी ४४, दलित २८ र पिछडिएको क्षेत्रका ७ जना माग गरिएको छ ।मंसिर २६ गतेसम्म १८ वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्ने पर्ने सेनाले जनाएको छ ।