आइतबार, २५ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान #घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान
राजनीति

भारतीय राजदूत श्रीवास्तवको अवस्था सुधार उन्मुख

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २८ मंसिर, २०८२ मा प्रकाशित
भारतीय राजदूत श्रीवास्तवको अवस्था सुधार उन्मुख
काठमाडौं, मंसिर २८ :

 नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको स्वास्थ्य अवस्था सुधार उन्मुख हुँदै गएको छ। शनिबार मुटुको देब्रे नशामा ‘हर्टअट्याक’ भएर शल्यक्रिया गरिएका श्रीवास्तवलाई जनरल वार्डमा सार्ने तयारी भएको ग्रान्डी इन्टरनेसनल अस्पतालले जनाएको छ।

काठमाडौँको चम्पादेवी डाँडामा हाइकिङ गर्ने क्रममा एक्कासी अचेत भएर उनी ढलेका थिए। अवस्था गम्भीर बनेपछि उनलाई तत्काल नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी ग्रान्डी इन्टरनेसनल अस्पतालमा पुर्‍याइएको थियो। अस्पताल पुर्याउनासाथ प्रारम्भिक स्वास्थ्य जाँचपछि चिकित्सकलले तत्काल  मुटुमा स्टेन राखेर ब्लकेज खोलेका थिए।

‘आइसीयू कक्षमा उपचाररत उहाँको स्वास्थ्य सुधार हुँदै गएको छ,’ अस्पताल स्रोतले भन्यो, ‘आज वार्डमा सार्ने तयारी भइरहेको छ।’ 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार