आइतबार, २५ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान #घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान
राजनीति

कांग्रेस नेता चालिसेविरुद्ध सम्पत्ति शुद्धीकरण र भ्रष्टाचार मुद्दा दायर

उनी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं-३ बाट एकल सिफारिसमा परेका व्यक्ति हुन्
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २८ मंसिर, २०८२ मा प्रकाशित
कांग्रेस नेता चालिसेविरुद्ध सम्पत्ति शुद्धीकरण र भ्रष्टाचार मुद्दा दायर
काठमाडौं, मंसिर २८ :

नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुस्न्धान आयोगले चालिसेविरुद्ध आइतबार विशेष अदातलमा मुद्दा दायर गरेको हो ।  तत्कालिन अर्थसमितका सभापति समेत रहेका चालिसेविरुद्ध साढे ३ करोड बढीको अकुत सम्पत्तिको मुद्दा दायर भएको छ ।

उनीविरुद्ध ३ करोड ६८ लाख ४७ हजार ४ सय ६१ रुपैयाँ बिगो कायम गरी बिगोबमोजिम जरिवाना, स्रोत नखुलेको सम्पत्ति जफत र कैद सजाय मागदाबी गरिएको छ। ८ करोड ५६ लाख रुपैयाँको सम्पत्ति जोडेका चालिसेले चार करोड ८८ लाख रुपैयाँ मात्रै वैध रूपमा आर्जन गरेको भेटिएको अख्तियारको दाबी छ ।

विघटित प्रतिनिधिसभाका सांसद् चालिसे गोकर्णेश्वर नगरपालिकाका पूर्व मेयर समेत हुन् । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं-३ बाट उनी एकल सिफारिसमा परेका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार