सोमबार, २६ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन#रवि लामिछाने#उद्धार र राहत#विनोद चौधरी#उपसभापति#दसैँघर #कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन#रवि लामिछाने#उद्धार र राहत#विनोद चौधरी#उपसभापति#दसैँघर
राजनीति

दुर्गा प्रसाईंसँग वार्ता गर्न सञ्चारमन्त्रीको नेतृत्वमा सरकारी समिति गठन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २८ मंसिर, २०८२ मा प्रकाशित
दुर्गा प्रसाईंसँग वार्ता गर्न सञ्चारमन्त्रीको नेतृत्वमा सरकारी समिति गठन
काठमाडौं, मंसिर २८ :

दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान, नेपाल’सँग वार्ता गर्न सरकारले समिति गठन गरेको छ ।

महाअभियानसँगको संवाद र समस्या समाधानका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलको नेतृत्वमा ‘आन्तरिक सहजीकरण तथा समस्या समाधान समिति’ गठन गरिएको हो ।

समितिमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजयभद्र खनाल र जनसम्पर्क सल्लाहकार गोविन्द नारायण तिमिल्सिना सदस्य रहेका छन् ।

सरकारले वार्ता समिति गठन गरिएको विषयमा महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई औपचारिक रूपमा जानकारी गराइसकेको छ । प्रधानमन्त्रीको स्वकीय सचिवालयमार्फत पठाइएको पत्रमा महाअभियानका तर्फबाट पनि वार्ताका लागि तीन जना प्रतिनिधि पठाउन अनुरोध गरिएको छ ।

यसअघि मंसिर २२ गते  प्रसाईंले राखेका मागहरूबारे पुस २ गते पुनः बैठक बस्ने सहमति भएको थियो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार