काठमाडौं, मंसिर २९ :

नेकपा एमालेको अध्यक्षका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलले आ-आफ्नो तर्फबाट उम्मेदवारी दर्ता गरेका छन् । निर्वाचन कार्यतालिका अनुसार उनीहरुले तोकिएको समयभित्र उम्मेदवारी दर्ता गराएका हुन् ।

ओलीले केहीबेर अघिमात्रै काठमाडौंको भृकुटीमण्डपमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । अध्यक्षका प्रत्यासी पोखरेलले भने ओली भन्दा अघि नै उम्मेदवारी दर्ता गराएका हुन् ।

आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदैछ । निर्वाचन कार्यतालिका अनुसार मतदान भोलि हुँदैछ । ओली र पोखरेल दुवै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् ।