
काठमाडौं, मंसिर २९ :
दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले सरकारसँग वार्ता गर्न तीन सदस्यीय समिति गठन गरेको छ ।
महाअभियानका केन्द्रीय सचिव प्रेमदीप लिम्बुको संयोजकको वार्ता समिति बनाएको हो । समितिका सदस्यहरूमा देवीप्रसाद संग्रौला र प्रेम थापा मगर छन् ।
महाअभियानका अध्यक्ष प्रसाईंले सोमबार एक विज्ञप्ति निकाल्दै वार्ता समिति गठन गरिएको जानकारी गराएका हुन् ।प्रसाईं समूहले विभिन्न २७ बुँदे माग राख्दै सरकारलाई यसअघि नै ज्ञापनपत्र बुझाइसकेको छ ।