आइतबार, १५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
राजनीति

ओली र लेखकलाई आगामी साता बयानका लागि बोलाउने आयोगको तयारी

आगामी कार्ययोजनाबारे प्रधानमन्त्रीलाई जानकारी
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २ पुस, २०८२ मा प्रकाशित
ओली र लेखकलाई  आगामी साता बयानका लागि बोलाउने आयोगको तयारी
काठमाडौं, पुस २ :

जेनजी आन्दोलन जाँचबुझ आयोगले आगामी साता राजनीतिक तहका नेताहरूलाई बयानका लागि बोलाउने तयारी गरेको छ । आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले बुधबार प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर आयोगको प्रगति र आगामी कार्ययोजनाबारे जानकारी गराएका हुन् । 

भेटका क्रममा उनले आयोगको कार्य अवधि एक महिना थप गर्न प्रधानमन्त्रीसँग आग्रह समेत गरेका थिए । यसअघि मन्त्रिपरिषद् बैठकले भदौ २३ र २४ गते भएका घटनाको छानबिनका लागि गठन गरिएको जाँचबुझ आयोगको कार्यादेश (टर्म्स अफ रेफरेन्स) थप गर्ने निर्णय गरिसकेको छ । 

पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकसँग बयान लिन बाँकी छ । यद्यपि ओलीले आयोगलाई बयान नदिने बताउँदै आएका छन् । आयोगले प्रधानसेनापति बाहेक अन्य सुरक्षा प्रमुखहरुसँग बयान लिइसकेको छ । आयोगले सोही निर्णयअनुसार अनुसन्धानलाई थप प्रभावकारी बनाउँदै राजनीतिक तहसम्म बयान लिने तयारी गरेको हो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार