काठमाडौं, पुस ४ :

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति र महामन्त्रीलाई छलफलमा बोलाएका छन् ।  सभापति देउवाले भोलि ( शनिबार)  बिहान ९ बजे उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ र  महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई छलफलमा  बोलाएका हुन् ।

महाधिवेशनको कार्यतालिका व्यवहारिक नभएको नेताहरुले गुनासो गरिरहँदा सभापतिले त्यस बारेमा समेत नेताहरुबाट जानकारी लिने बताइएको छ ।

प्रतिनिधिसभाको निर्वाचन महाधिवेशनको कार्यतालिका, विधान मस्यौदा समितिलगायतका विषयमा छलफल हुने बताइएको छ ।क्रियाशील सदस्यता छानबिन समिति गठन भए पनि हालसम्म विधान मस्यौदा समिति बन्न सकेको छैन । कांग्रेसले यही पुस १६ वडा अधिवशेन गरेर २६ देखि २८ सम्म केन्द्रीय महाधिवेशन गर्ने गरी कार्यतालिका बनाइएको छ ।