आइतबार, १८ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेस महाधिवेशन#ड्रोन दृश्य#नुवाकोटका घर#दक्षिण कोरियाली स्वयंसेवक#१५औँ महाधिवेशन उद्घाटन#सभापति गगनकुमार थापा#पुष्पकमल दाहाल प्रचण्ड#चिनियाँ राजदूत कोरलानाका#मन्त्री गीता चौधरी#कागेश्वरी-मनोहरा#नगर अस्पताल#ब्लड बैंक#कांग्रेसको १५औँ महाधिवेशन#पुष्पा भुसाल#उपसभापति#जितिया पर्व #कांग्रेस महाधिवेशन#ड्रोन दृश्य#नुवाकोटका घर#दक्षिण कोरियाली स्वयंसेवक#१५औँ महाधिवेशन उद्घाटन#सभापति गगनकुमार थापा#पुष्पकमल दाहाल प्रचण्ड#चिनियाँ राजदूत कोरलानाका#मन्त्री गीता चौधरी#कागेश्वरी-मनोहरा#नगर अस्पताल#ब्लड बैंक#कांग्रेसको १५औँ महाधिवेशन#पुष्पा भुसाल#उपसभापति#जितिया पर्व
राजनीति

देउवाले शनिबार उपसभापति र महामन्त्रीलाई छलफलमा बोलाए

महाधिवेशनको कार्यतालिका व्यवहारिक नभएको गुनासो
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ४ पुस, २०८२ मा प्रकाशित
देउवाले शनिबार उपसभापति र महामन्त्रीलाई छलफलमा बोलाए
काठमाडौं, पुस ४ :

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति र महामन्त्रीलाई छलफलमा बोलाएका छन् ।  सभापति देउवाले भोलि ( शनिबार)  बिहान ९ बजे उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ र  महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई छलफलमा  बोलाएका हुन् ।

महाधिवेशनको कार्यतालिका व्यवहारिक नभएको नेताहरुले गुनासो गरिरहँदा सभापतिले त्यस बारेमा समेत नेताहरुबाट जानकारी लिने बताइएको छ ।

प्रतिनिधिसभाको निर्वाचन महाधिवेशनको कार्यतालिका, विधान मस्यौदा समितिलगायतका विषयमा छलफल हुने बताइएको छ ।क्रियाशील सदस्यता छानबिन समिति गठन भए पनि हालसम्म विधान मस्यौदा समिति बन्न सकेको छैन । कांग्रेसले यही पुस १६ वडा अधिवशेन गरेर २६ देखि २८ सम्म केन्द्रीय महाधिवेशन गर्ने गरी कार्यतालिका बनाइएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार