
बुटवल, पुस ४ :
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछाने रिहा भएका छन् । शुक्रबार रुपन्देही पुगेका लामिछाने कागजी प्रक्रिया पूरा गरी रुपन्देही जिल्ला कारगारबाट छुटेका हुन् । सुरुमा रुपन्देही कारागारमा रहेका लामिछानेलाई जेल सरुवा मागेर ललितपुरस्थित नख्खु कारागारमा ल्याइएको थियो ।
बिहीबार उच्च अदालत बुटवलले बैंक ग्यारेन्टीमा छाड्ने आदेश दिएपछि लामिछाने कागजी प्रक्रिया पूरा गर्न आज भरतपुरबाट सडकमार्ग हुँदै रुपन्देही पुगेका थिए । जिल्ला अदालत रुपन्देहीका सूचना अधिकारी पदम अर्याललेका अनुसार लामिछानेले कुल ३ करोड ७४ लाख ८४ हजार रुपैयाँ बुझाएर रिहा भएका हुन् ।