मोरङ, पुस ६ :

मोरङकी १२ वर्षीया अंशु गौतमको बलात्कारपछि हत्यामा संलग्नलाई पक्राउ गर्ने प्रहरी अधिकृत सम्मानित भएका छन् । दोषीलाई पक्राउ गर्ने प्रहरी उपरीक्षक (एसपी) कवित कटुवाललाई शुक्रबार प्रशंसापत्रसहित सम्मान गरिएको छ ।

मोरङ प्रहरीले दुई महिनासम्म अनुसन्धान गरेर दोषीलाई पक्राउ गर्न सफल भएको हो । गत असोज २१ गते साथीहरुसँग खेल्न निस्किएकी अंशुको शव कात्तिक ७ गते घरदेखि चार किलोमिटर पर रहेको झाडीमा सडिसकेको अवस्थामा फेला परेको थियो ।

घटना संलग्न देखिएका अंशुका छिमेकी ५९ वर्षीय पदमबहादुर अधिकारीलाई पक्राउ गरिएको थियो ।  रोजगारीको नाममा भारतको आसाम पुगिसकेकाले उनलाई प्रहरीले नगरपालिका र परिवारको सहयोगमा नेपाल फर्काएको हो ।