काठमाडौं, पुस ६ :

प्रधानमन्त्री सुशीला कार्की, राजनीतिक दलका प्रतिनिधि, निर्वाचन आयोगलगायत सम्बद्ध पक्षबीच भोलि (सोमबार) छलफल हुने भएको छ । निर्वाचनको तयारी, सुरक्षा, व्यवस्थापन, कानुन संशोधनलगायत विषयमा छलफल गर्न सिंहदरबारमा सर्वपक्षीय बैठक डाकिएको हो ।

निर्वाचनको तयारीको पछिल्लो उपलब्धि र प्रयास तथा सरोकार भएका पक्षको धारणा बुझ्न छलफल गर्न लागिएको आयोगका आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । यसअघि पनि निर्वाचनको तयारी र सुरक्षा अवस्थाको विषयमा पटक-पटक छलफल भइसकेको छ ।