शनिबार, १४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#घर र गोठमा क्षति#डोल्पा कारागार#कैदी फरार#पर्यटकीय गतिविधि प्रभावित#प्रतिकूल मौसम#बेनी-दरवाङ सडक अवरुद्ध#कोप-३१ को तयारी#मौसममा सुधार हुने#सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन #घर र गोठमा क्षति#डोल्पा कारागार#कैदी फरार#पर्यटकीय गतिविधि प्रभावित#प्रतिकूल मौसम#बेनी-दरवाङ सडक अवरुद्ध#कोप-३१ को तयारी#मौसममा सुधार हुने#सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन
समाचार प्रदेश बागमती प्रदेश कृषि

धादिङमा एउटै गाउँपालिकाले गर्‍यो २५ करोड रुपैँयाको हरियो तरकारी बिक्री

· बिहीबार, ११ असोज, २०८१ मा प्रकाशित
धादिङमा एउटै गाउँपालिकाले गर्‍यो २५ करोड रुपैँयाको हरियो तरकारी बिक्री
धादिङ, असोज ११ :

धादिङ बेनिघाट रोराङका किसानहरुले यो बर्ष मात्र हरियो तरकारी बेचेर पच्चिस करोड रुपैँया गाउँमा भित्र्याएका छन ।

 यो आर्थिक बर्षमा करिब ५७ लाख मेट्रिक टन हरियो तरकारी उत्पादन गरी करिव पच्चिस करोड पचास लाख आम्दानी भएको हो । तर यो रकम अघिल्लो आर्थिक बर्षको भन्दा करिब ५० लाख कम छ

यद्यपी किसानहरुले यति धेरै रकम तरकारीबाट कमाएको भने धादिङमा नै यो गाउँ पालिका पहिलो हो ।

अझ उत्पादन भएको तरकारीले सिजनमा मुल्य नपाउनु र खेर फल्नु परेकोले किसानहरुको गुनासो छ ।

यहाँका किसानहरुले व्यवसायिक खेती गरेर तरकारी उत्पादन गर्ने गर्छन ।

यसले स्थानीयलाई रोजगारीमा समेत टेवा पुगेको छ ।

गत आर्थिक वर्षमा करिव ८७ लाख मेट्रिक टन हरियो तरकारी धादिङ जिल्लामा मात्र उत्पादन भई विक्र भएको कृषि ज्ञान केन्द्र धादिङले जनाएको छ।

धादिङको हरियो तरकारी राजधानी काठमाण्डौँ लगाएत चितवन र पोखरामा बढी बिक्री हुने गर्छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार