शनिबार, ३१ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मन्त्रिपरिषद्को कार्यालय#आईटी विज्ञ चाहियो#भारतमा प्रदर्शन#शुक्र अस्त#दसैँका कर्म रोकिँदैन#पञ्चाङ्ग निर्णायक विकास समिति#कार दुर्घटना#चालकको मृ*त्यु#अध्यादेश जारी#शपथग्रहण#सभापति गगनकुमार थापा#सिकाली जात्रा#मधेस सरकार#एमाले बाहिरियो#नियमित प्रेस ब्रिफिङ#प्रधानमन्त्री कार्यालय#प्रहरी महानिरीक्षक दानबहादुर कार्की #मन्त्रिपरिषद्को कार्यालय#आईटी विज्ञ चाहियो#भारतमा प्रदर्शन#शुक्र अस्त#दसैँका कर्म रोकिँदैन#पञ्चाङ्ग निर्णायक विकास समिति#कार दुर्घटना#चालकको मृ*त्यु#अध्यादेश जारी#शपथग्रहण#सभापति गगनकुमार थापा#सिकाली जात्रा#मधेस सरकार#एमाले बाहिरियो#नियमित प्रेस ब्रिफिङ#प्रधानमन्त्री कार्यालय#प्रहरी महानिरीक्षक दानबहादुर कार्की
राजनीति

राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट, के भयो कुराकानी?

निर्वाचनको वातावरण बनाउने समझदारी
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ८ पुस, २०८२ मा प्रकाशित
राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट, के भयो कुराकानी?
काठमाडौं, पुस ८ :

राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेताहरुसँग छलफल गरेका छन् ।

राष्ट्रपति भवनमा प्रधानमन्त्री सुशीला कार्कीसहितको उपस्थितिमा राष्ट्रपतिले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ सँग छलफल गरेका हुन् ।

जेनजी आन्दोलनपछि उनीहरुबीच भएको यो पहिलो भेट हो । एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री कार्कीसँग छलफल नगर्ने अडान लिएपछि राष्ट्रपति पौडेलले प्रमख दलका नेता र प्रधानमन्त्रीबीचको संवादको वातावरण बनाएका हुन् ।

छलफलमा सरकार र तीन दलबीच फागुन २१ गते हुने निर्वाचनको वातावरण बनाउन समझदारी भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बताए।

राष्ट्रपति र प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताबीच छिट्टै बालुवाटारमा छलफल गर्ने समझदारी बनेको पनि पोखरेलले बताए ।प्रधानमन्त्री कार्कीले तोकिएकै समयमा निर्वाचन गराउन सबै दलले सहयोग गर्नुपर्ने बताएको पनि पोखरेलले जानकारी दिए ।

उनीहरूबीच आगामी निर्वाचनका साथै समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार