आइतबार, १५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
समाचार राजनीति

चाडपर्वका लागि एक साताभित्र सबै सडक मर्मत कार्य सम्पन्न हुनेछन्ः यातायातमन्त्री

· बिहीबार, ११ असोज, २०८१ मा प्रकाशित
चाडपर्वका लागि एक साताभित्र सबै सडक मर्मत कार्य सम्पन्न हुनेछन्ः यातायातमन्त्री
महोत्तरी, असोज ११ :

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सरकारले राष्ट्रिय महत्वका चाडपर्व अघि सबै सडकका खाल्डाखुल्डी पुर्ने काम थालेको भन्दै एक साताभित्र सडक मर्मत कार्य सम्पन्न भइसक्ने बताउनुभएको छ ।

आज प्रेस चौतारी महोत्तरीले लालगढमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री दाहालले चाडपर्वमा यात्रुको सहजताका लागि सडकका खाल्डाखुल्डी पुर्ने काम तीब्र गतिमा अघि बढेको जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा मन्त्री दाहालले  ‘समृद्ध मधेस’ निर्माण गर्न सङ्घीय सरकारले आवश्यक योजना बनाएर कार्यान्वयनको चरणमा गएको पनि बताउनुभएको छ।

समृद्धि मधेस निर्माण गर्ने सरकारको अभियान जारी रहेको उहाँको भनाई छ ।

महोत्तरी र धनुषामा रहेका मन्त्रालय मातहतका आयोजनाको निरीक्षण गर्न पुग्नुभएका उहाँले समृद्ध मधेसले मुलुकको मुहार फेर्ने भएकाले सोहीअनुसार योजनाबद्ध रुपमा मधेशलाई समृद्ध बनाउन लागिएको उल्लेख गर्नुभयो ।

पूर्वपश्चिम राजमार्ग, उत्तर दक्षिणका व्यापारिक केन्द्र र सदरमुकाम जोड्ने अधिकांश सडक निर्माण भइसकेका र कतिपय निर्माणको अन्तिम चरणमा रहेका मन्त्री दाहालले बताउनुभयो । 

मधेसमा बर्दिबास- जयनगर रेलसेवा महत्वाकाङ्क्षी आयोजना भएको उल्लेख गर्दै उहाँले यो आयोजना निर्माणको अन्तिम चरणमा पुगेको उल्लेख गर्नुभयो।

जयनगर बर्दिबास रेल सेवाका तीनमध्ये दुई खण्डमा सेवा सञ्चालनमा भइरहेको जनाउदै मन्त्री दाहालले भङ्गाहा- बर्दिबास खण्डको काम पनि चाँडै सुरु गर्ने तयारी गरिरहेको बताउनुभयो ।

भङ्गाहा- बर्दिबास खण्ड अन्तर्गत बर्दिबासमा रेल स्टेसन बन्ने ठाउँ नजिकको केही जग्गामा घर तथा संरचना हटाउन नसक्दा निर्माण ढिलाइ भएको उहाँले बताउनुभयो ।

मधेसको मुख्य केन्द्र पूर्वपश्चिम राजमार्गको कमला पुलबाट पश्चिम बागमतीसम्म अत्याधुनिक चारलाइन (फोरलाइन) सडक निर्माणको ठेक्का स्वीकृत प्रक्रिया टुङ्गिएर यथाशीघ्र काम सुरु हुने उहाँले जानकारी दिनुभयो ।

यातायातमन्त्री दाहालले नेपाल रेल्वे सेवा कम्पनीको सेवाबारे जानकारी लिदै जनकपुरधामको स्टेसनबाट रेल चढेर भारतको जयनगरतर्फ जानुभएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार