
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले तोकिएको समयमा निर्वाचन सम्पन्न गर्न सरकारलाई पूर्ण रुपमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
बुधबार पार्टी कार्यालय वनस्थलीमा सरकारद्वारा गठित उच्चस्तरीय राजनीतिक संवाद समितिसँगको छलफलका क्रममा रास्वपाका नेताहरुले निर्वाचनका साथै सुशासन कायमका लागि सरकारले चालेका कदमप्रति पूर्णरुपमा सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।
तोकिएको समयमा नै निर्वाचन हुनुपर्नेमा रास्वपाको मत रहेको र निर्वाचनको तयारीमा गरेको सहयोगप्रति रास्वपाप्रति आभार व्यक्त गरिएको उच्चस्तरीय राजनीतिक सम्वाद समितिका सदस्य सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए ।
निर्वाचनका लागि सरकारले गरेको तयारीप्रति रास्वपाले प्रसंसा गरेको खरेलले बताए । उनले चूनावका सन्दर्भमा सवैलाई विश्वासमा लिनका लागि बिभिन्न राजनीतिक दलको कार्यालयमा पुगेर छलफल गरेको बताए ।