
काठमाडौं, पुस १० :
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच चलिरहेको छलफलमा पूर्वसांसद अमरेशकुमार सिंह पनि सहभागी भएका छन्।
बालेन र रविबीच ललितपुरको कुपण्डोल–ज्वागलस्थित बालेनका सल्लाहकार कुमार बेनको निवासमा एक्लाएक्लै छलफल भइरहेको थियो। सोही क्रममा अमरेशकुमार सिंह पनि त्यहाँ पुगेका हुन्।
छलफल के विषयमा केन्द्रित छ भन्नेबारे आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन। तर पछिल्लो समय मेयर बालेनले विभिन्न राजनीतिक नेतासँग भेटघाटलाई तीव्र बनाएका छन्। बालेन, रवि र अमरेशबीचको भेटलाई वर्तमान राजनीतिक परिस्थितिसँग जोडेर हेरिएको छ।