सोमबार, २६ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन#रवि लामिछाने#उद्धार र राहत#विनोद चौधरी#उपसभापति#दसैँघर #कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन#रवि लामिछाने#उद्धार र राहत#विनोद चौधरी#उपसभापति#दसैँघर
समाचार प्रदेश मधेस प्रदेश

मधेसमा अत्यधिक शीतलहर, चोकचोकमा आगो बाल्न दाउरा वितरण

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ११ पुस, २०८२ मा प्रकाशित
मधेसमा अत्यधिक शीतलहर, चोकचोकमा आगो बाल्न दाउरा वितरण
सिरहा, पुस ११ :

अत्यधिक शीतलहर बढेपछि मधेसका विभिन्न स्थानमा नेपाली सेना र स्थानीय तहले चोकचोकमा आगो बाल्न दाउरा वितरण गर्न थालेका छन् ।

आज बिहानैदेखि चोहर्वास्थित नेपाली सेना नन्दाबक्स गणको सक्रियतामा सिरहाको नरहा गाउँपालिका–३ स्थित पुरानो चोहर्वा, गोलबजार नगरपालिका–४ देखि ६ सम्म तथा विष्णुपुर गाउँपालिका–१ मा दाउरा वितरण गरी चोकचोकमा आगो बालिएको छ । गणका सह सेनानी रेशमराज अधिकारीको कमान्डमा चिसो प्रभावित स्थानीय तथा यात्रुलाई दाउरा वितरण गरेको सेनाले जनाएको छ ।

चोकमा बालिएको आगोबाट उनीहरुले राहत महसुस गरेका छन् । सङ्कटको यस घडीमा अन्य निकायको उपस्थिति न्यून रहेको अवस्थामा नेपाली सेनाले दाउराको व्यवस्था गरी सहयोग गरेको स्थानीयले बताएका छन् ।

चिसोको प्रभाव बढ्दै गएपछि लहान नगरपालिकाले पनि बुधबारदेखि बजार क्षेत्रका विभिन्न चोकचोकमा दाउरा बाल्ने व्यवस्था सुरु गरेको छ । साथै, डिभिजन वन कार्यालय लहानले जाडो छल्न दाउरा व्यवस्थापनमा सहयोग गरिरहेको जनाएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार