आइतबार, ८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार अर्थतन्त्र

आज पनि बढ्यो सुनचाँदीको मूल्य

· आइतबार, १३ पुस, २०८२ मा प्रकाशित
आज पनि बढ्यो सुनचाँदीको मूल्य
काठमाडौं, पुस १३ :

पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढीरहेको छ । आज पनि दुवै धातुको मूल्यमा बढोत्तरी भएको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ७० हजार ६०० र त्यति नै चाँदीको मोल रू चार हजार ८३५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । दुवै धातुको मूल्य हालसम्मको उच्च हो ।

अमेरिकी डलरको भाउ बढेसँगै सुनचाँदीको मूल्य पनि बढेको विश्लेषकहरूले बताएका छन् । अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ५३० र त्यति नै परिमाणको चाँदी ७८ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार