मंगलबार, २७ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नेपालको दोस्रो जित#भोटेकोशी बाढीमा वेपत्ता#मृत्यु प्रमाणपत्र जारी गर्ने#प्रतिमा गौतम#सहमहामन्त्रीमा निर्वाचित#आईपीयू महासभा#सभामुख डोलप्रसाल अर्याल#एमालेको कार्यकर्ता भेला#महिला खुला केन्द्रीय सदस्य#राजदूत पदमाक्षी राणा#ओमानको प्रस्तावित राजदूत#कांग्रेस सहमहामन्त्री#रामहरि खतिवडा#अजयबाबु शिवाकोटी#भैमाल-गोठाटार खानेपानी#वित्तीय सम्झौता#सवारीसाधनको जाँच#तालिम प्राप्त कुकुर #नेपालको दोस्रो जित#भोटेकोशी बाढीमा वेपत्ता#मृत्यु प्रमाणपत्र जारी गर्ने#प्रतिमा गौतम#सहमहामन्त्रीमा निर्वाचित#आईपीयू महासभा#सभामुख डोलप्रसाल अर्याल#एमालेको कार्यकर्ता भेला#महिला खुला केन्द्रीय सदस्य#राजदूत पदमाक्षी राणा#ओमानको प्रस्तावित राजदूत#कांग्रेस सहमहामन्त्री#रामहरि खतिवडा#अजयबाबु शिवाकोटी#भैमाल-गोठाटार खानेपानी#वित्तीय सम्झौता#सवारीसाधनको जाँच#तालिम प्राप्त कुकुर
राजनीति

निर्वाचन आयोगद्वारा निर्वाचन आचारसंहिता २०८२ स्वीकृत,माघ पहिलो साताबाट लागु हुने

यसपटक आचारसंहिताको दायरा पहिलेभन्दा फराकिलो बनाइएको आयोगको दाबी छ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १३ पुस, २०८२ मा प्रकाशित
निर्वाचन आयोगद्वारा निर्वाचन आचारसंहिता २०८२ स्वीकृत,माघ पहिलो साताबाट लागु हुने
काठमाडौं, पुस १३ :

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता २०८२ स्वीकृत गरेको छ। आयोगको आइतबार बसेको बैठकले आचारसंहिता पारित गरेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए।

उनका अनुसार स्वीकृत आचारसंहिता माघको पहिलो साताबाट कार्यान्वयनमा आउनेछ। आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्यको निर्वाचन हुने कार्यतालिका छ।

यसअघि आयोगले निर्वाचन आचारसंहिता २०८२ को मस्यौदा तयार गरी सरोकारवालासँग राय–सुझाव मागेको थियो। प्राप्त सुझावहरू समेटेर आचारसंहिता अन्तिम रूप दिइएको आयोगले जनाएको छ। यसपटक आचारसंहिताको दायरा पहिलेभन्दा फराकिलो बनाइएको आयोगको दाबी छ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले भने, ‘पहिले सचेतनाको मोडलमा आचारसंहिता हुन्थ्यो, अहिले कारबाहीको मोडलमा छ। कार्यान्वयनको सवालमा भने पहिलेजस्तै ५०–५५ दिनअघि देखि नै लागु हुन्छ।’

तत्काल आचारसंहिता लागु गर्दा सरकारका नियमित कामकारबाहीमा असर पर्न सक्ने भएकाले त्यसलाई मध्यनजर गर्दै माघको पहिलो साताबाट लागु गर्ने निर्णय गरिएको उनले स्पष्ट पारे।

यसैबीच, आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाअनुसार आज र भोलि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आयोगमा पेस गर्नुपर्ने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

उनका अनुसार पुस १३ र १४ गतेसम्म पेस गरिएका समानुपातिकतर्फका बन्द सूचीहरूको पुस १५ देखि २० गतेसम्म छानबिन गरिनेछ। छानबिनपछि पुस २१ देखि २७ गतेसम्म सूची सच्याउन तथा मिलाउन दलहरूलाई समय दिइने आयोगले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार