मंगलबार, २७ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नेपालको दोस्रो जित#भोटेकोशी बाढीमा वेपत्ता#मृत्यु प्रमाणपत्र जारी गर्ने#प्रतिमा गौतम#सहमहामन्त्रीमा निर्वाचित#आईपीयू महासभा#सभामुख डोलप्रसाल अर्याल#एमालेको कार्यकर्ता भेला#महिला खुला केन्द्रीय सदस्य#राजदूत पदमाक्षी राणा#ओमानको प्रस्तावित राजदूत#कांग्रेस सहमहामन्त्री#रामहरि खतिवडा#अजयबाबु शिवाकोटी#भैमाल-गोठाटार खानेपानी#वित्तीय सम्झौता#सवारीसाधनको जाँच#तालिम प्राप्त कुकुर #नेपालको दोस्रो जित#भोटेकोशी बाढीमा वेपत्ता#मृत्यु प्रमाणपत्र जारी गर्ने#प्रतिमा गौतम#सहमहामन्त्रीमा निर्वाचित#आईपीयू महासभा#सभामुख डोलप्रसाल अर्याल#एमालेको कार्यकर्ता भेला#महिला खुला केन्द्रीय सदस्य#राजदूत पदमाक्षी राणा#ओमानको प्रस्तावित राजदूत#कांग्रेस सहमहामन्त्री#रामहरि खतिवडा#अजयबाबु शिवाकोटी#भैमाल-गोठाटार खानेपानी#वित्तीय सम्झौता#सवारीसाधनको जाँच#तालिम प्राप्त कुकुर
राजनीति

निर्वाचन आचारसंहिता : उम्मेदवारलाई टिभी, रेडियो, अनलाइन र पत्रिकाबाट प्रचार गर्न अनुमति

आचारसंहिताअनुसार राजनीतिक दल वा उम्मेदवारले टेलिभिजन र रेडियोमा २४ घण्टाभित्र बढीमा चार पटकसम्म चुनावी प्रचार–प्रसार गराउन पाउनेछन्। एक पटकमा एक मिनेटसम्म मात्र प्रचार सामग्री प्रसारण गर्न पाइनेछ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १४ पुस, २०८२ मा प्रकाशित
निर्वाचन आचारसंहिता : उम्मेदवारलाई टिभी, रेडियो, अनलाइन र पत्रिकाबाट प्रचार गर्न अनुमति
काठमाडौं, पुस १४ :

प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार तथा राजनीतिक दलले तोकिएको सीमा भित्र रहेर आम सञ्चार माध्यममार्फत चुनावी प्रचार–प्रसार गर्न पाउने भएका छन्।

निर्वाचन आचारसंहिताअनुसार टेलिभिजन, रेडियो, पत्रपत्रिका तथा सूचीकृत अनलाइन सञ्चार माध्यममार्फत प्रचार–प्रसार गर्न सकिने व्यवस्था गरिएको छ। आचारसंहिताले प्रचारको समय, संख्या र आकारसम्बन्धी स्पष्ट सीमा तोकेको छ।

आचारसंहिताअनुसार राजनीतिक दल वा उम्मेदवारले टेलिभिजन र रेडियोमा २४ घण्टाभित्र बढीमा चार पटकसम्म चुनावी प्रचार–प्रसार गराउन पाउनेछन्। एक पटकमा एक मिनेटसम्म मात्र प्रचार सामग्री प्रसारण गर्न पाइनेछ। साथै, एक पटक प्रसारण भएपछि अर्को प्रसारण गर्न कम्तीमा एक घण्टाको अन्तराल हुनुपर्ने व्यवस्था गरिएको छ।

पत्रपत्रिकामार्फत प्रचार गर्दा भने दैनिक रूपमा कुनै एक पत्रिकामा बढीमा चार कालम चौडाइ र २५ सेन्टिमिटरसम्म उचाइको आकारमा प्रचार सामग्री प्रकाशन गर्न सकिनेछ।

यसैगरी, निर्वाचन आयोगमा सूचीकृत अनलाइन सञ्चार माध्यममा पनि राजनीतिक दल तथा उम्मेदवारले प्रचार–प्रसार गर्न पाउनेछन्। अनलाइन माध्यममा एक मिनेटसम्मको श्रव्य–दृश्य सामग्री प्रसारण गर्न अनुमति दिइएको छ।

राजनीतिक दलका हकमा अनलाइन सञ्चार माध्यममा रोडब्लक, कन्टेन्ट ब्लक, होमपेज ब्यानर, डिटेल पेज ब्यानर तथा समाचारको बीचमा देखिने बक्स विज्ञापनमार्फत पनि निर्वाचन प्रचार–प्रसार गर्न सकिने व्यवस्था आचारसंहितामा गरिएको छ।

तर आचारसंहिताअनुसार विदेशी सञ्चार माध्यममार्फत निर्वाचनसम्बन्धी कुनै पनि प्रचार सामग्री प्रकाशन वा प्रसारण गर्न भने कडाइका साथ निषेध गरिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार