सोमबार, २६ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
राजनीति

अशोक राई, राजेन्द्र महतो र रेशम चौधरीले बुझाए संयुक्तरुपमा समानुपातिकको सूची

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १४ पुस, २०८२ मा प्रकाशित
अशोक राई, राजेन्द्र महतो र रेशम चौधरीले बुझाए संयुक्तरुपमा समानुपातिकको सूची
काठमाडौं, पुस १४ :

अशोक राई नेतृत्व जनता समाजवादी पार्टी (जसपा), रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा)नेपाल र राजेन्द्र महतोको राष्ट्रिय मुक्ति पार्टीले संयुक्तरुपमा समानुपातिकको बन्दसूची निर्वाचन आयोगमा बुझाएका छन्।

समानुपातिक उम्मेदवारको नामावली बुझाउने अन्तिम दिन सोमबार उनीहरूले संयुक्तरुपमा उम्मेदवारको नामावली बुझाएका हुन्।

जसपाका अध्यक्ष अशोक राईले संयुक्तरुपमा समानुपातिक उम्मेदवारको नामावली आयोगमा बुझाएको जानकारी दिए।तीन वटै पार्टीले नाउपाको जाँतो चिह्नमा समानुपातिक तर्फको बन्द सूची बुझाएका हुन् ।उनीहरूले एउटै चुनाव चिन्हबाट निर्वाचन लड्नका लागि निवेदन दिएका थिए।

राई नेतृत्वको जसपाबाट अलग भएर सह-अध्यक्ष रेणु यादव भने उपेन्द्र यादव नेतृत्वको जसपा नेपालसँग पार्टी एकता गरेकी छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार