शुक्रबार, ३० असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#महिला उद्यमी#हाइटेन्सन पोल#टुप्पोमा बसेकी किशोरी#भूमि बैंक#मन्त्री महाविर पुन#हेलिकप्टरमार्फत खाद्यान्न#रसुवावासीलाई खाद्यान्न#दसैँ बिदा#आयोग खुला रहने#भोटेकोसी बाढी#नेपाल रेडक्रस सोसाइटी#दुई हजार घर निर्माण गर्ने#केपी शर्मा ओली#परराष्ट्रमन्त्री शिशिर खनाल#खुस्बु ओली#कानुन निर्माण #महिला उद्यमी#हाइटेन्सन पोल#टुप्पोमा बसेकी किशोरी#भूमि बैंक#मन्त्री महाविर पुन#हेलिकप्टरमार्फत खाद्यान्न#रसुवावासीलाई खाद्यान्न#दसैँ बिदा#आयोग खुला रहने#भोटेकोसी बाढी#नेपाल रेडक्रस सोसाइटी#दुई हजार घर निर्माण गर्ने#केपी शर्मा ओली#परराष्ट्रमन्त्री शिशिर खनाल#खुस्बु ओली#कानुन निर्माण
राजनीति

देउवाले भने- निर्वाचनको मुखमा महाधिवेशन गर्दा चुनावी परिणाममा नकारात्मक असर पर्न सक्छ

‘महाधिवेशन चुनाव अगाडि नै गर्ने निर्णय भए पनि त्यसमा अवरोध गर्दिन’
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १५ पुस, २०८२ मा प्रकाशित
देउवाले भने- निर्वाचनको मुखमा महाधिवेशन गर्दा चुनावी परिणाममा नकारात्मक असर पर्न सक्छ
फाइल तस्बिर ।
काठमाडौं, पुस १५ :

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनको मुखमा महाधिवेशन गर्दा चुनावी परिणाममा नकारात्मक असर पर्न सक्ने बताएका छन्।
मङ्गलबार काठमाडौँमा पत्रकारहरूसँगको भेटघाटमा देउवाले महाधिवेशन अगाडि नै गर्ने निर्णय भए त्यसमा अवरोध नगर्ने स्पष्ट पारे।

आफूले पार्टीका नेताहरूलाई यस्तो सुझाव दिएको जनाउँदै देउवाले १५औँ महाधिवेशनमा आफू प्रतिस्पर्धी नरहने र तटस्थ भूमिका निभाउने बताए।

 विधानअनुसार सभापतिमा उम्मेदवार बन्न नमिल्ने र व्यक्तिगत इच्छा पनि नभएकाले अन्य नेताहरूलाई मात्र प्रोत्साहन गर्ने उनको भनाइ थियो।

देउवाले भने, ‘निर्वाचनअघि महाधिवेशन गर्दा पार्टीभित्रको प्रतिस्पर्धाको असर पर्छ भनेर मैले भनिरहेको छु,तर गर्ने नै हो भने मैले रोक्ने कुरा हुँदैन।’

देउवाले विशेष महाधिवेशन गर्दा त्यसको प्रक्रिया र विधिका विषयमा फेरि विवाद हुने भएकाले नियमित महाधिवेशनमै सहमतिमा जानु उपयुक्त हुने धारणा व्यक्त गरे ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार