बुधबार, २८ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#राष्ट्रपति रामचन्द्र पौडेल#दुई अध्यादेश जारी#अर्थमन्त्री डा स्वर्णिम वाग्ले#घटस्थापना#काठमाडौँ उपत्यका छाडे#नेपालको दोस्रो जित#भोटेकोशी बाढीमा वेपत्ता#मृत्यु प्रमाणपत्र जारी गर्ने#प्रतिमा गौतम#सहमहामन्त्रीमा निर्वाचित#आईपीयू महासभा#सभामुख डोलप्रसाल अर्याल#एमालेको कार्यकर्ता भेला#महिला खुला केन्द्रीय सदस्य#राजदूत पदमाक्षी राणा#ओमानको प्रस्तावित राजदूत #राष्ट्रपति रामचन्द्र पौडेल#दुई अध्यादेश जारी#अर्थमन्त्री डा स्वर्णिम वाग्ले#घटस्थापना#काठमाडौँ उपत्यका छाडे#नेपालको दोस्रो जित#भोटेकोशी बाढीमा वेपत्ता#मृत्यु प्रमाणपत्र जारी गर्ने#प्रतिमा गौतम#सहमहामन्त्रीमा निर्वाचित#आईपीयू महासभा#सभामुख डोलप्रसाल अर्याल#एमालेको कार्यकर्ता भेला#महिला खुला केन्द्रीय सदस्य#राजदूत पदमाक्षी राणा#ओमानको प्रस्तावित राजदूत
राजनीति भिडियो

‘अहिले सामाजिक सञ्जालमा हो-हल्ला गर्नेहरु नै मुक्तिदाता हुन भन्ने भ्रम परेको छ’

सामाजिक सञ्जालमा रमाएर नेपाल कब्जा गरेको ठान्नेहरुविरुद्ध जनताहरु एक भएर लाग्नुपर्नेमा जोड दिए।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १५ पुस, २०८२ मा प्रकाशित
‘अहिले सामाजिक सञ्जालमा हो-हल्ला गर्नेहरु नै मुक्तिदाता हुन भन्ने भ्रम परेको छ’
काठमाडौं, पुस १५ :

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सञ्जालमा हो-हल्ला गर्नेहरु नै मुक्तिदाता हुन भन्ने भ्रम परेको बताएका छन् ।

मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टीका नेता केशव रावलको पैदल यात्रा समापन कार्यक्रममा प्रचण्डले दशकौं लडाइँ गरेर त्याग र तपस्या विचार र निष्ठाका कीर्तिमान राखेकाहरुलाई वद्नाम गर्दै सामाजिक सञ्जालमा हो-हल्ला गर्नेहरु नै मुक्तिदाता हुन भन्ने भ्रम परेको बताएका हुन् । 

अहिले विचारविहीन, इतिहासविहीन, त्याग तपस्या बलिदान र निष्ठाविहीनहरूले नेपाल पूरै कब्जा गरिसके भनेको जस्तो गरी सामाजिक सञ्जालमा प्रस्तुत गर्न खोजेको उनले बताए। प्रचण्डले सहर बजारमा गरेजस्तो हल्ला सत्य नभएको र जनतामा अहिले पनि नेकपा र आफूहरुले गरेको पार्टी एकताप्रति सकारात्मक भाव रहेको जस्तो आफूहरुलाई महसुस भएको धारणा राखे । 

उनले सामाजिक सञ्जालमा हल्ला गरेजस्तो परिस्थिति अहिले नरहेको जिकिर गरे । त्यस्तै उनले अहिले सूचना प्रविधिको प्रभाव, प्रभुत्व, स्वामित्व प्रतिक्रियावादी शक्तिहरुको हातमा रहेको र उनीहरुले चाहेजस्तै गरी प्रयोग भइरहेको बताए ।

उनले सामाजिक सञ्जालमा रमाएर नेपाल कब्जा गरेको ठान्नेहरुविरुद्ध जनताहरु एक भएर लाग्नुपर्नेमा जोड दिए। राष्ट्रको झण्डा, कम्युनिष्ट पार्टीको झण्डा र नेपाली कम्युनिष्ट पार्टीको चुनाव चिह्न तारा बोकी रुकुम पूर्वदेखि काठमाडौंसम्म यात्रा गरेका नेकपा नेता केशव रावलले प्रचण्ड र माधव नेपाललाई झण्डा हस्तान्तरण गरेका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार