सोमबार, २ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सिन्धुली सुमो दुर्घटना#मृतको सनाखत#टाइगर श्राफ#गोली प्रहार#झलनाथ खनाल#केपी ओली#निःशुल्क यातायात सेवा#गाँजा#पक्राउ#तातोपानी नाका#तीन दिनका लागि खुल्यो#सवारी दुर्घटना#एनपीएल#आन्द्रे रसेल#विराटनगर टोलीमा अनुबन्ध#कागेश्वरी मनोहरा नगर अस्पताल#२४ सै घण्टा खुला#सुक्खा पहिरो#सडक सञ्चालन #सिन्धुली सुमो दुर्घटना#मृतको सनाखत#टाइगर श्राफ#गोली प्रहार#झलनाथ खनाल#केपी ओली#निःशुल्क यातायात सेवा#गाँजा#पक्राउ#तातोपानी नाका#तीन दिनका लागि खुल्यो#सवारी दुर्घटना#एनपीएल#आन्द्रे रसेल#विराटनगर टोलीमा अनुबन्ध#कागेश्वरी मनोहरा नगर अस्पताल#२४ सै घण्टा खुला#सुक्खा पहिरो#सडक सञ्चालन
राजनीति प्रदेश लुम्बिनी प्रदेश

एमालेले चुनावबाट पन्छिने कल्पना गरेको छैन : प्रदीप ज्ञवाली

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २० पुस, २०८२ मा प्रकाशित
एमालेले चुनावबाट पन्छिने कल्पना गरेको छैन  : प्रदीप ज्ञवाली
काठमाडौं, पुस २० :

नेपाल कम्युनिष्ट पार्टी (एमाले) नेता प्रदीप ज्ञवालीले केन्द्रीय महाधिवेशनले पार्टीलाई नयाँ ऊर्जा प्रदान गरेको बताएका छन् । सदरमुकाम तम्घासमा आयोजित पत्रकार सम्मेलनमा उनले महाधिवेशनपछिका घटनाक्रममा सबैभन्दा बढी प्रहार एमालेमाथि भएको धारणा व्यक्त गरे ।

उनले हाल देखिएको प्रतिकूलता क्षणिक भएको उल्लेख गर्दै लोकतन्त्रको पक्षमा उभिएको जनशक्तिले पार्टीलाई थप बलियो बनाएको बताएयो । केन्द्रीय कमिटीमा ४० वर्षमुनिका युवा समावेश हुनु एमालेभित्र पुस्तान्तरणको सकारात्मक सन्देश भएको उनको भनाइ छ ।

उनले भिन्न धारबाट आएका नेता तथा कार्यकर्तालाई क्रियाशीलताको मूल्याङ्कन तथा योगदानको कदर गरिने बताए । एमाले सिङ्गो देशको लोकतान्त्रिक आन्दोलनका लागि महत्वपूर्ण शक्ति भएको उनको दाबी थियो ।

चुनावबाट पन्छिने कल्पना पार्टीले नगरेको स्पष्ट पार्दै उनले चुनावका लागि सरकारले उपयुक्त वातावरण बनाउन आवश्यक भएको बताए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार