आइतबार, २५ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान #घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान
राजनीति प्रदेश मधेस प्रदेश भिडियो

दलसँग आबद्ध मन्त्रीहरुलाई तत्काल प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्छ : रघुवीर महासेठ

पार्टी गठन गर्ने र प्रधानमन्त्री बन्ने सपना देखेर सरकारमा बस्नेहरुले राजीनामा दिएर चुनावी मैदानमा आउनुपर्छ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २० पुस, २०८२ मा प्रकाशित
दलसँग आबद्ध मन्त्रीहरुलाई तत्काल प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्छ :  रघुवीर महासेठ
जनकपुर, पुस २० :

नेकपा एमालेका उपमहासचिव रघुवीर महासेठले राजनीतिक दलसँग आबद्ध अन्तरिम सरकारका मन्त्रीहरुलाई प्रधानमन्त्रीले तत्काल बर्खास्त गर्नुपर्ने बताएका छन् ।

आइतबार जनकपुरधाममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उपमहासचिव महासेठले चुनावी सरकारमा गएका मन्त्रीहरु आफ्नो नैतिकताविपरीत राजनीतिक क्रियाकपालमा सक्रिय रहेकाले राजीनामा दिनुपर्ने र राजीनामा नआए प्रधानमन्त्रीले तत्काल बर्खास्त गर्नुपर्ने बताएका हुन् ।

पार्टी गठन गर्ने र प्रधानमन्त्री बन्ने सपना देखेर सरकारमा बस्नेहरुले राजीनामा दिएर चुनावी मैदानमा आउनुपर्ने उनले बताए ।

महासेठले फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने वातावरण सरकारले बनाउन नसकेको आरोप समेत लगाए । सरकार आफैँ निर्वाचन बिथोल्न प्रक्रियामा अघि बढिरहेको उल्लेख गर्दै महासेठले निर्वाचन हुने वातावरण बने एमाले नभाग्ने स्पष्ट पारे ।

उनले जेनजी आन्दोलनका क्रममा लुटिएका हजारौ हतियार र भागेका कैदीहरु फिर्ता हुन नसकेको अवस्थामा भयरहित र निष्पक्ष चुनाव हुनेमा आशंका व्यक्त गरे ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार