काठमाडौं, पुस २२ :

भदौ २३ र २४ गतेको घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगलाई काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहले जवाफ बुझाएका छन्। उनले सोमबार नै जवाफ बुझाइ सकेको शाहको स्वकीय सचिवालयले जनाएको छ ।

आयोगले उनलाई सोधपुछका लागि शुक्रबार १६ वटा प्रश्न तयार पारेर पठाएको थियो। भदौ २३ र २४ गतेको घटनामा केन्द्रित भएर आयोगले तयार पारेको प्रश्नको मेयर शाहले एकएक गरी जवाफ दिँदै आयोगलाई बुझाएका छन् ।

आन्दोलनलाई उनले अप्रत्यक्षरुपमा सहयोग पुर्‍याएका थिए। उनले त्यसबेला फेसबुकबाटै कमान्ड गरेका थिए । आन्दोलनबाट फर्किन, सेनासँग वार्ता गर्न र प्रतिनिधि सभा विघटनलाई सर्त राख्न जेनजीलाई सुझाव दिएका थिए।