काठमाडौँ, असोज १२ :

अविरल बर्षाले गर्दा देशभरको जनजीवन कष्टकर भएको छ । बर्षाले देशका विभिन्न ठाउँमा पहिरो जाँदा सडक यातायात बन्द भएको छ । 

हिजोदेखिको निरन्तरको बर्षाले नागढुंगा-नौबिसे सडक खण्डमा सवारी यातायात बन्द
भएको छ। 

नागढुंगाको सुरुङ मार्ग नजिकै पानीको भेलले बगाएर ल्याएको लेदो र गेग्र्यानले बाटो
बन्द भएको हो । 

यसैगरी, पृथ्वी राजमार्गका बिभिन्न ठाउँमा पहिरो जाँदा एकतर्फी मात्र सवारी सधान संचालन
भएका छन । 

पानी पर्ने क्रम पर्सिसम्म नरोकिने मौसमविद्हरुले जानकारी दिएका छन । 
 

पर्सि आइतबारसम्म पानी पर्ने र सर्तक रहन आग्रह गरिएको छ ।