सोमबार, २६ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
राजनीति भिडियो

राष्ट्रिय सभा उम्मेदवार चयन प्रक्रियाप्रति गगन थापाको आपत्ति

‘गठबन्धनका नाममा नेताहरूले आफ्ना ‘गोजीका मान्छे’ उम्मेदवार बनाए’
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २३ पुस, २०८२ मा प्रकाशित
राष्ट्रिय सभा उम्मेदवार चयन प्रक्रियाप्रति गगन थापाको  आपत्ति
काठमाडौं, पुस २३ :

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रियसभाको निर्वाचनका लागि उम्मेदवार चयन प्रक्रियाप्रति असहमति जनाएका छन्। उनले सैद्धान्तिक रूपमा अन्य दलसँग गठबन्धन गर्ने विषयदेखि उम्मेदवार छनोट गर्ने सम्पूर्ण प्रक्रियासम्म आपत्ति रहेको बताएका छन्।

बुधबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग बोल्दै महामन्त्री थापाले कांग्रेसले विधि र विधान मिचेर उम्मेदवार चयन गरेको आरोप लगाए। उनका अनुसार पार्टीले स्थापित प्रक्रिया र आन्तरिक लोकतन्त्रलाई बेवास्ता गर्दै निर्णय गरेको छ।

महामन्त्री थापाले कांग्रेस–एमाले गठबन्धनका नाममा नेताहरूले आफ्ना ‘गोजीका मान्छे’ उम्मेदवार बनाएको आरोप पनि लगाए। उनले भने, ‘तालमेल गर्ने कुरा यसरी मिलाइएको छ कि नेपाली कांग्रेस र एमालेभित्र आफ्ना–आफ्ना मान्छे जो–जोलाई बनाउनुपर्ने छ, त्यो–त्यो क्लस्टर आफ्नो भागमा पारिएको छ। 

एमालेले पनि आफ्नो मान्छे कहाँनिर बनाउनुपर्ने छ भन्ने हिसाबले मिलाइएको छ।’ कांग्रेसभित्र राष्ट्रियसभा उम्मेदवार चयनको विषयले पनि थप असन्तुष्टि चुलिँदैको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार