शनिबार, १७ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी#करदाता प्रोत्साहन उपहार #पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी#करदाता प्रोत्साहन उपहार
राजनीति

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि देशभर मनोनयन दर्ता

फागुन २० गतेदेखि १८ सदस्यको पद रिक्त हुँदैछ
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २३ पुस, २०८२ मा प्रकाशित
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि देशभर मनोनयन दर्ता
काठमाडौं, पुस २३ :

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि देशभर उम्मेदवारहरुको मनोनयन दर्ता भएको छ ।

राष्ट्रियसभामा रिक्त हुने कूल १८ सदस्यका लागि निर्वाचनका लागि देशभरका सातै प्रदेशमा उम्मेदवारहरुले मनोनयन दर्ता गरेका हुन् । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि कांग्रेस, एमाले र मधेशकेन्द्रीत दलबीच तालमेल भएको छ भने नेपाली कम्युनिष्ट पार्टी (नेकपा) एक्लै चुनावी मैदानमा होमिएको छ । 

निर्वाचन आयोगका अनुसार पुस २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २७ गते उम्मेदवारले चाहेमा नाम फिर्ता लिने र सोही दिन दिउँसो अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ । त्यस्तै यही पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने कार्यतालिका रहेको छ ।

राष्ट्रियसभामा आगामी फागुन २० गतेदेखि १८ सदस्यको पद रिक्त हुँदैछ । आयोगले राष्ट्रिय जनगणना, २०७८ अनुसार मतदाता र मतभार सार्वजनिक गरिसकेको छ । राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा र स्थानीय तहका प्रमुख एवम् उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष मतदाता छन् । आगामी माघ ११ गतेका लागि राष्ट्रियसभा सदस्य निर्वाचन हुँदैछ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार