शुक्रबार, ३० असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#महिला उद्यमी#हाइटेन्सन पोल#टुप्पोमा बसेकी किशोरी#भूमि बैंक#मन्त्री महाविर पुन#हेलिकप्टरमार्फत खाद्यान्न#रसुवावासीलाई खाद्यान्न#दसैँ बिदा#आयोग खुला रहने#भोटेकोसी बाढी#नेपाल रेडक्रस सोसाइटी#दुई हजार घर निर्माण गर्ने#केपी शर्मा ओली#परराष्ट्रमन्त्री शिशिर खनाल#खुस्बु ओली#कानुन निर्माण #महिला उद्यमी#हाइटेन्सन पोल#टुप्पोमा बसेकी किशोरी#भूमि बैंक#मन्त्री महाविर पुन#हेलिकप्टरमार्फत खाद्यान्न#रसुवावासीलाई खाद्यान्न#दसैँ बिदा#आयोग खुला रहने#भोटेकोसी बाढी#नेपाल रेडक्रस सोसाइटी#दुई हजार घर निर्माण गर्ने#केपी शर्मा ओली#परराष्ट्रमन्त्री शिशिर खनाल#खुस्बु ओली#कानुन निर्माण
राजनीति

लिङ्देनले दिए देउवालाई पृथ्वीजयन्तीको निम्तो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २३ पुस, २०८२ मा प्रकाशित
लिङ्देनले दिए देउवालाई पृथ्वीजयन्तीको निम्तो
काठमाडौं, पुस २३ :

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनबीच आज भेटवार्ता भएको छ ।

राप्रपाद्वारा यही पुस २७ गते पृथ्वीजयन्तीका अवसरमा आयोजित चियापानको निम्तो दिन अध्यक्ष लिङ्देन देउवा निवास पुगेका हुन् । सभापति देउवाले कार्यक्रममा सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गरेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

सो अवसरमा दुई पार्टीका अध्यक्षबीच आसन्न चुनाव तथा निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउन आवश्यक पूर्वाधार विकास गर्नुपर्ने विषयमा छलफल भएको उनले जानकारी दिए।

मुलुकको राजनीतिक स्थिरता, समसामयिक राजनीतिक परिस्थिति, राष्ट्रिय तथा अन्तरराष्ट्रिय अवस्थाबारे छलफल भएको जनाइएको छ । राप्रपाले सोही दिन भृकुटीमण्डपमा गर्ने कार्यक्रमका लागि विभिन्न पार्टी नेता तथा कूटनीतिक नियोगका प्रतिनिधिलाई निमन्त्रणा गरेको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार