आइतबार, १ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#एनपीएल#आन्द्रे रसेल#विराटनगर टोलीमा अनुबन्ध#कागेश्वरी मनोहरा नगर अस्पताल#२४ सै घण्टा खुला#सुक्खा पहिरो#सडक सञ्चालन#प्रायोजन गर्ने#प्रहरी महानिरीक्षक#दानबहादुर कार्की#दसैँ#घर फर्किनेको लर्को#नेपाली कांग्रेस#चियापान कार्यक्रम नगर्ने#मोटरसाइकल दुर्घटना#करदाता प्रोत्साहन उपहार#सन्तमाया तामाङ#नवरात्रको आठौँ दिन#शक्तिपीठ #एनपीएल#आन्द्रे रसेल#विराटनगर टोलीमा अनुबन्ध#कागेश्वरी मनोहरा नगर अस्पताल#२४ सै घण्टा खुला#सुक्खा पहिरो#सडक सञ्चालन#प्रायोजन गर्ने#प्रहरी महानिरीक्षक#दानबहादुर कार्की#दसैँ#घर फर्किनेको लर्को#नेपाली कांग्रेस#चियापान कार्यक्रम नगर्ने#मोटरसाइकल दुर्घटना#करदाता प्रोत्साहन उपहार#सन्तमाया तामाङ#नवरात्रको आठौँ दिन#शक्तिपीठ
राजनीति

एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन रणनीति तय गर्ने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २५ पुस, २०८२ मा प्रकाशित
एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन रणनीति तय गर्ने
काठमाडौं, पुस २५ :

नेपाल कम्यनिष्ट पार्टी (एमाले)को दोस्रो केन्द्रीय कमिटी बैठक भोलि बस्दै छ । एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख मीनबहादुर शाहीका अनुसार भोलि बिहान ११ बजे ललितपुरको एकान्तकुनास्थित मेजेस्टिक ग्य्रान्ड पार्टी प्यालेसमा बैठक बस्ने भएको हो ।

उनका अनुसार बैठकमा आगामी प्रतिनिधिसभाको निर्वाचनमा पार्टीको रणनीति, समसायिक राजनीतिक विषयमा छलफल हुने छ । गत पुस ४ गते सम्पन्न पहिलो केन्द्रीय कमिटी बैठकले नै यही पुस २६ देखि २८ गतेसम्म दोस्रो केन्द्रीय कमिटी बैठक आह्वान गरेको हो

एमालेका सचिव डा. राजन भट्टराईले यसपटकको केन्द्रीय कमिटी बैठक प्रतिनिधिसभाको निर्वाचनमा केन्द्रित हुने भएकाले केन्द्रीय सदस्य मनोनयन, पोलिटब्यूरो तथा स्थायी कमिटी गठन तथा समग्र कार्यविभाजन भोलिकै बैठकले नगर्ने बताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार