
काठमाडौं, पुस २७ :
नेपाली कांग्रेसका नेता सुनिल शर्माले पार्टी सभापति शेरबहादुर देउवालाई विशेष महाधिवेशनको बन्द सत्र उद्घाटन गर्नका लागि आउन अनुरोध गरेका छन् ।
काठमाडौंको भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘शेरबहादुर दाई तपाईं एउटा इतिहास बोकेको हाम्रो नेता हो । मेरो पिताजीको उमेर समान हुनुहुन्छ,’ उनले भनेका छन्, ‘रोइलो छाडेर भोलि बिहान हल उद्घाटन गर्ने बेलामा आउनुस् । हामी विकल्प दिन्छौं ।’उमेरका कारणले पनि अब अघि नबढ्न सभापति देउवालाई उनको आग्रह थियो ।
उनले विशेष महाधिवेशनको विपक्षमा रहेका केन्द्रीय सदस्यहरूलाई पनि भृकुटीमण्डपमा उपस्थित भिडले गिज्याएको टिप्पणी गरे ।पार्टीमा ५४ प्रतिशत हस्ताक्षरलाई समेत समान्य छलफल गराउन नसक्नु बिडम्बना भएको तर्क गरे ।