मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
राजनीति

निर्वाचन तालिका सार्वजनिक, सभापति पदको मनोनयन शुल्क ३० हजार

१ सय ३४ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि निर्वाचन हुने
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २९ पुस, २०८२ मा प्रकाशित
निर्वाचन तालिका सार्वजनिक, सभापति पदको मनोनयन शुल्क ३० हजार
काठमाडौं, पुस २९ :

नेपाली कांग्रेस विशेष महाधिवेशन निर्वाचन समितिले नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरेको छ। निर्वाचन प्रक्रिया औपचारिक रूपमा अघि बढेसँगै १ सय ३४ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि निर्वाचन हुने भएको छ।

निर्वाचन समितिका अनुसार सभापति पदको मनोनयन दर्ता शुल्क ३० हजार रुपैयाँ तोकिएको छ। यस्तै, केन्द्रीय उपसभापति र महामन्त्री पदका लागि २५ हजार रुपैयाँ तथा केन्द्रीय सदस्य पदका लागि १० हजार रुपैयाँ शुल्क निर्धारण गरिएको समिति संयोजक सीताराम केसीले जानकारी दिए।

निर्वाचन समितिका संयोजक केसीले पत्रकार सम्मेलनमार्फत पुरानै विधानअनुसार निर्वाचन गराइने स्पष्ट पारे। उनका अनुसार १३ पदाधिकारीसहित १ सय २१ केन्द्रीय सदस्य गरी कुल १ सय ३४ पदका लागि निर्वाचन हुनेछ।

विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि कार्यतालिका सार्वजनिक भएपछि भृकुटीमण्डप क्षेत्रमा सुरक्षा तैनाथी बढाइएको छ ।प्रहरीले महाधिवेशन प्रतिनिधिबाहेकका व्यक्तिलाई बाहिर जान भन्दै माइकिङ गरेको छ ।महाधिवेशन प्रतिनिधिहरुलाई हलभित्र पठाइएको छ । कांग्रेसको विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन हुने भएकाले पार्टीभित्र राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार