बिहीबार, २९ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
राजनीति

देउवालाई महामन्त्रीद्वयका ८ बुँदे प्रस्ताव

गगनलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर जानुपर्ने
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ३० पुस, २०८२ मा प्रकाशित
देउवालाई महामन्त्रीद्वयका ८ बुँदे प्रस्ताव
काठमाडौं, पुस ३० :

पार्टी विभाजनबाट रोक्न भन्दै नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवासहित संस्थापन पक्षलाई ८ बुँदे प्रस्ताव पठाएका छन्। 

पार्टीभित्र देखिएको आन्तरिक विवाद समाधान गर्दै विभाजन रोक्ने उद्देश्यसहित विशेष महाधिवेशन पक्षले संस्थापन समूहसँग वार्ताका लागि उक्त प्रस्ताव अघि सारेको हो।

देउवा पक्षलाई बुझाइएको प्रस्तावमा सभापति देउवाले कार्यकारी भूमिकाबाट बाहिरिनुपर्ने, प्रतिनिधिसभा उम्मेदवारको टिकटमा हस्ताक्षर गर्न नपाउने तथा आगामी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा महामन्त्री गगन थापालाई प्रस्ताव गरेर अघि बढ्नुपर्ने जस्ता विषय समेटिएका छन्।

पार्टीभित्रको असहमति समाधानका लागि मंगलबार नेताहरूबीच तीन चरणमा छलफल भएको थियो। आज बिहान मात्र महामन्त्रीद्वयले सभापति देउवासँग प्रत्यक्ष छलफल गरे पनि त्यसले ठोस निकास निकाल्न नसकेको नेताहरूको भनाइ छ।

महामन्त्रीद्वयको ८ बुँदे प्रस्ताव यसप्रकार छः

१.सभापति शेरबहादुर देउवा कार्यकारी भूमिकाबाट बाहिरिनुपर्ने।

२.विशेष महाधिवेशनको स्वामित्व पार्टीले लिनुपर्ने।

३.प्रधानमन्त्रीको उम्मेदवार टुंगो लगाएर अघि बढ्नुपर्ने।

४.चुनावी गठबन्धन कुनै पनि दलसँग नगर्ने।

५.टिकट वितरणका लागि सर्वस्वीकार्य संसदीय बोर्ड गठन गर्नुपर्ने।

६.निर्वाचन केन्द्रित गतिविधिका लागि ५ सदस्यीय उच्चस्तरीय संयन्त्र गठन गर्नुपर्ने।

७.उम्मेदवारको टिकटमा सभापति देउवाले हस्ताक्षर गर्न नपाउने।

८.विशेष महाधिवेशनमा पेस भएका प्रतिवेदनहरूलाई पार्टीको पुँजीका रूपमा ग्रहण गर्नुपर्ने।


यसैबीच, कार्यवाहक सभापति पूर्णबहादुर खड्काले केन्द्रीय समिति बैठक आह्वान गरेका छन्। बैठकका लागि नेताहरू पार्टी केन्द्रीय कार्यालयमा भेला हुन थालेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार