मंगलबार, २७ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#राष्ट्रपति रामचन्द्र पौडेल#दुई अध्यादेश जारी#अर्थमन्त्री डा स्वर्णिम वाग्ले#घटस्थापना#काठमाडौँ उपत्यका छाडे#नेपालको दोस्रो जित#भोटेकोशी बाढीमा वेपत्ता#मृत्यु प्रमाणपत्र जारी गर्ने#प्रतिमा गौतम#सहमहामन्त्रीमा निर्वाचित#आईपीयू महासभा#सभामुख डोलप्रसाल अर्याल#एमालेको कार्यकर्ता भेला#महिला खुला केन्द्रीय सदस्य#राजदूत पदमाक्षी राणा#ओमानको प्रस्तावित राजदूत #राष्ट्रपति रामचन्द्र पौडेल#दुई अध्यादेश जारी#अर्थमन्त्री डा स्वर्णिम वाग्ले#घटस्थापना#काठमाडौँ उपत्यका छाडे#नेपालको दोस्रो जित#भोटेकोशी बाढीमा वेपत्ता#मृत्यु प्रमाणपत्र जारी गर्ने#प्रतिमा गौतम#सहमहामन्त्रीमा निर्वाचित#आईपीयू महासभा#सभामुख डोलप्रसाल अर्याल#एमालेको कार्यकर्ता भेला#महिला खुला केन्द्रीय सदस्य#राजदूत पदमाक्षी राणा#ओमानको प्रस्तावित राजदूत
समाचार अर्थतन्त्र

नगद कारोबारमा ५ लाख रुपैयाँको सीमा लागू

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १ माघ, २०८२ मा प्रकाशित
नगद कारोबारमा ५ लाख रुपैयाँको सीमा लागू
काठमाडौं, माघ १ :

नगद कारोबारमा ५ लाख रुपैयाँको सीमा आजदेखि  लागू भएको छ । सरकारले मङ्सिर १६ गते बैंक तथा वित्तीय संस्थाले एउटा व्यक्तिसँग ५ लाखभन्दा धेरै नगद कारोबार गर्न नपाउने निर्णय गरेको थियो । सो निर्णय आजबाट लागू गरिएको हो । यसअघि १० लाख रुपैयाँसम्म कारोबार गर्न सकिने व्यवस्था रहेको थियो ।

अबदेखि कुनै पनि व्यक्तिले बैंकबाट एक पटकमा ५ लाख रुपैयाँभन्दा धेरै नगद निकाल्न पाउने छैनन् । त्यस्तै कुनै सामानको खरिद/बिक्री गर्दा पनि ५ लाख रुपैयाँभन्दा धेरै नगदमा लेनदेन गर्न पाइँदैन । तर नगद निकाल्न नपाए पनि बैंक वा वित्तीय संस्थामा निक्षेप नगद जम्मा गर्न जाँदा वा सावाँ ब्याज तिर्दा भने जतिसुकै रकम पनि राख्न सकिन्छ । बैंकहरूबीचको अन्तरबैंक कारोबारमा पनि जतिसुकै रकम कारोबार गर्न सकिन्छ ।

रेमिट्यान्स कम्पनी, सहकारी संस्था, पूर्वाधार आयोजना, जलविद्युत्, सडक र सञ्चार क्षेत्रका कर्मचारी तथा श्रमिकको पारिश्रमिक एवम् ज्याला भुक्तानीलगायतका लागि भने सीमाभन्दा धेरै कारोबार गर्न पाइन्छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार